काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा न.१ बस्ने ४८ वर्षिय श्याम बहादुर दर्जी पक्राउ परेका हुन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेडको नयाँबजार शाखा कार्यालयमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनि चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको भनि उनि माथी उजुरु परेको थियो । उक्त उजुरुको आधारमा उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र १५ लाख १९ हजार ७ सय ५० जरिवाना सुनाएको थियो ।
उनलाई चन्द्रागिरी नगरपालिका बलम्बुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्