काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा ३ सय ६ कम्पनीको १ करोड ५ लाख ४ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको हो ।
सो कम्पनीको २६ करोड ६३ लाख ९१ हजार ४ सय १६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्