काठमाडौँ । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिएका हुन् ।
जिल्लाका उखु उत्पादक किसानले पटक-पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको २९ करोड २५ लाख ५२ हजार ७ सय ४९रुपैयाँ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीको भनाइ छ । उनका अनुसार गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित ६ सय १० निर्धारण गरिएको थियो । जसमा ५ सय ४० चिनी मिल र ७० सरकार उपलब्ध गराउने निर्णय भएको थियो ।
यस्तै, जिल्लाका उखु उत्पादक किसानका लागि वितरण गर्न बाँकी २९ करोड २५ लाख ५२ हजार ७ सय ४९ रुपैयाँ मध्ये सरकारले दसैँअघि ११ करोड २६ हजार ६ सय ३८ रुपैयाँ निकासा गरेको थियो । बाँकी अनुदान रकम सरकारले पठाएपछि उखु उत्पादक किसानको बक्यौता रहेको प्रतिक्विन्टल ४९ रुपैयाँका दरले किसानको खातामा पठाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले जानकारी दिएका छन् ।
उनले किसानलाई अनुदान रकम खातामा आएको वा नआएको बुझ्न आग्रहसमेत गरेको बताएका छन् । सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६ सय ३५ निर्धारण गरेको छ । चिनी उद्योगीले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले ७० रुपैयाँ गरी प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ उखु उत्पादक किसानलाई उपलब्ध गराउने निर्णय हो । यस वर्ष मधेस प्रदेश सरकारले प्रतिक्विन्टल १० अनुदान दिने घोषणा गरिसकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्