काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय २ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सयमाथिको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १७ करोड १७ लाख ६४ हजार ८८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी नेपाल फाईनान्स् लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।
त्यसैगरी, सेयर बजारमा पिपुल्स पावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ५.८१ प्रतिशलले घटेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल


प्रतिक्रिया दिनुहोस्