काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा मंगलबार नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ७ कम्पनीको ९ करोड ४७ लाख ८ हजार ९ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सयमाथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३ सय ६७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा बुद्धभुमि लघुवित्त वित्तीय संथा लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल


प्रतिक्रिया दिनुहोस्