काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ८ कम्पनीको ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २० करोड २३ लाख ३८ हजार १ सय ४० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पनि नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्