Skip to content

सुनको मूल्य तोलामा २,९०० रुपैयाँ बढ्यो, आज २ लाख ६२ हजार ५०० मा कारोबार

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २,९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको हो।

यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको मूल्य र माग–आपूर्तिको अवस्थाका कारण पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन देखिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्