Skip to content

सुनको भाउ तोलामा २ हजार रुपैयाँले घट्यो

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । हिजो ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप २ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो।

त्यसैगरी, हिजो अहिलेसम्मकै उच्च विन्दुमा पुगेको चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा १ सय रुपैयाँले घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्