काठमाण्डौ । हिजो र अस्ति घटेको सुनको मूल्य आज फेरि बढेको छ। आज सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँ थियो भने अस्ति तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ रहेको थियो।
यता, चाँदीको मूल्य भने आज पनि घटेको छ। चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
अस्ति चाँदीको मूल्य अहिलेसम्मकै उच्च ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो। पछिल्ला दिनहरूमा सुनचाँदीको भाउमा उतारचढाव देखिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्