Skip to content

तोलामा २८ सयले बढ्यो सुनको मूल्य

कालोपाटी

१३ घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा २१० रुपैयाँले बढ्दै ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्