काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्न हालको सञ्चालक समिति विगठन गरी विज्ञहरूको नयाँ समिति गठन गर्न अध्ययन समितिले सिफारिस गरेको छ। समितिले सरकारको ५८.६६ प्रतिशत सेयर ओपन बिडमार्फत बिक्री गर्न र रणनीतिक साझेदारलाई १५–२५ प्रतिशत सेयर दिने सुझाव दिएको छ।
प्रतिवेदनअनुसार कुनै पनि स्थानीय संस्थालाई ५ प्रतिशतभन्दा बढी सेयर नदिन र प्राथमिकता वाणिज्य बैंकलाई दिने सिफारिस गरिएको छ। यसका लागि नेप्सेमा ड्यू डिलिजेन्स अडिट गरेर मूल्य निर्धारण गर्नुपर्ने उल्लेख छ।
समितिले नेप्सेको पुनर्संरचना कार्यान्वयन गर्न डेडिकेटेड टिम आवश्यक हुने बताउँदै हालको सञ्चालक समिति विगठन गरी नयाँ समिति गठन गर्न सुझाव दिएको छ। नयाँ बोर्डमा मन्त्रालयबाटै विज्ञ पठाउन सकिने वा सेयरधनी संस्थाबाट प्रतिनिधि आउन सक्ने व्यवस्था रहने उल्लेख छ।
हाल नेप्सेमा सरकारसँगै नेपाल राष्ट्र बैंकको ९.५१%, राष्ट्रिय वाणिज्य बैंकको ११.२३%, कर्मचारी सञ्चय कोषको १०%, लक्ष्मी सनराइज बैंकको ५%, प्रभु बैंकको ५% र धितोपत्र ब्रोकरको ०.६% सेयर लगानी रहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्