Skip to content

सुन–चाँदीको मूल्य निरन्तर बढ्दै, नयाँ रेकर्ड कायम

कालोपाटी

७ दिन अगाडि

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला रू. २,७४,७०० मा कारोबार भएको छ, जुन अघिल्लो रेकर्डभन्दा प्रतितोला रू. ४,१०० महँगो हो। यसअघि आइतबार सुन प्रतितोला रू. २,७०,६०० मा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै गएर आज प्रतितोला रू. ५,१९५ पुगेको छ। आइतबार चाँदी प्रतितोला रू. ४,९९० मा कारोबार भएको थियो, जसको तुलना गर्दा आजको मूल्य प्रतितोला रू. २०५ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔंस ४,५६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुन–चाँदीको मूल्य लगातार बढ्नुको कारण आर्थिक अनिश्चितता, अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र सुनको माग बढ्नु रहेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार