Skip to content

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ७६ हजार ५ सय

कालोपाटी

६ दिन अगाडि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जुन त्यतिबेलासम्मकै रेकर्ड मूल्य थियो। मंगलबार पुनः वृद्धि भएपछि सुनको मूल्यले नयाँ इतिहास कायम गरेको महासंघले जनाएको छ। यसअनुसार १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ५५ रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। मंगलबार चाँदी तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको छ। यसअघि सोमबार चाँदी तोलामा ५ हजार १९५ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार