Skip to content

सुनचाँदीको मूल्यमा दिनदिनै रेकर्ड

कालोपाटी

१५ घण्टा अगाडि

 काठमाडौं । विगत केही दिनदेखि निरन्तर उकालो लागेको सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदी दुवैको भाउ अघिल्लो दिनको तुलनामा बढेको हो।

बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ मा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि उच्च दरले बढेको छ। एकैदिन चाँदीको भाउ प्रतितोला ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको विनिमय दर तथा स्थानीय बजारको मागका कारण सुनचाँदीको मूल्य लगातार बढिरहेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्