Skip to content

सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ८२ हजार पुग्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । सोमबार सुन र चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ। सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत बुधबार सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँमा उच्चतम रेकर्ड कायम भएको थियो।

चाँदीको भाउ पनि सोमबार बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ। यसअघि चाँदीको मूल्यले गत बुधबार ६ हजार ६५५ रुपैयाँको रेकर्ड बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार