काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अरू कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्ने उद्देश्यका साथ राजनीतिमा आएको बताएका छन्।
चुनावी कार्यक्रमका क्रममा जनकपुरधाम पुगेका घिसिङले आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा भने, ‘हामी देशको नेतृत्व गर्न आएका हौँ। अरू कसैलाई प्रधानमन्त्री बनाउन होइन। हामी नै यो देशमा परिवर्तन ल्याउनेछौँ।’
उनले धेरै निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टी प्रतिस्पर्धामा रहेको दाबी गर्दै जनताले यसपटक व्यक्ति वा दलभन्दा माथि उठेर देशको समृद्धिका लागि मतदान गर्नुपर्ने बताए।
यसअघि व्यक्ति र पार्टीलाई आधार मानेर मतदान गर्ने चलन रहेकाले त्यसको परिणाम देशले भोगिरहेको उल्लेख गर्दै उनले अब परिवर्तनका लागि नयाँ शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे।
जेनजी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा उज्यालो नेपाल पार्टी रहेको उल्लेख गर्दै घिसिङले नयाँलाई विश्वास गरेर काम गर्ने मौका दिन मतदातासँग आग्रह गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्