Skip to content

एकैदिन सुनको मूल्य ९ हजार ५ सयले घट्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज घटेर प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार