काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ गतेबाट आफ्नो चुनावी सभा थाल्ने भएको छ। फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै पहिलो ठूलो सभा जनकपुर, मधेशमा आयोजना गर्न लागिएको हो।
सभापति गगन थापा यसपटक सर्लाही–४ बाट चुनाव लड्दै छन्। कांग्रेसको रणनीति अनुसार पहिलो ठूलो सभा मधेशमै हुने भएको छ। सभा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमहामन्त्री डिला संग्रोलाले जानकारी दिइन्।
उनका अनुसार, “प्रमुख वक्ता सभापति र उपसभापति रहनुहुनेछ। त्यसपछि प्रदेश र जिल्लाअनुसार आवश्यकता अनुसारका पार्टीका नेताहरू चुनावी अभियानमा जाने तय गरिएको छ।”
सहमहामन्त्री संग्रोलाले सभापति थापा र उपसभापति शर्माले समयले अनुमति दिएसम्म देश दौडाहामा निस्कने तयारीमा रहेको पनि बताइन्।
कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ भने उपसभापति शर्मा निर्वाचन परिचालन समितिका संयोजक हुन्। चुनावी सभासँगै उनीहरू देशभर चुनावी अभियानमा सक्रिय रहने तयारीमा रहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्