Skip to content

२६ अङ्कले घट्यो नेप्से, १० अर्ब ७७ करोडको कारोबार

कालोपाटी

१६ मिनेट अगाडि

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६।०५ अङ्कले घटेको छ। यससँगै नेप्से २६७२।३९ विन्दुमा झरेको छ।

आज कुल १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर एक लाख दुई हजार २८१ पटक किनबेच भएका छन्। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

आज २१२ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनीको मूल्य बढेको छ। १३ वटा समूहगत सूचकमध्ये व्यापारबाहेक सबै समूह राताम्मे देखिएका छन्।

खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रिदी पावर कम्पनी, लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर र त्रिशूली जलविद्युत् कम्पनीका सेयर मूल्यमा पनि वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार