काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ।
रास्वपाले मंगलबार जिल्लामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने सूचना प्राप्त भएपछि प्रशासनले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घन हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले २०८२ माघ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको स्मरण गराइएको छ।
प्रशासनद्वारा जारी सूचनामा भनिएको छ,
“मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त भएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।”
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्