काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेका अभियोगमा अदालतले न्याय दिनेमा पूर्ण विश्वास व्यक्त गरेका छन्।
बिहीबार जिल्ला अदालत कास्की, पोखरामा तारिख बुझ्न पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै विभिन्न अदालतमा उपस्थित हुनुपर्ने भएकाले समय व्यवस्थापन अनुसार आफू उपस्थित रहेको बताए।
उनी भन्छन्, “मुद्दा दायर भएका अदालतमा आफैं उपस्थित हुनुपर्छ। अदालतबाटै सबैले न्याय पाउने भएकाले म कानूनी र अदालती प्रक्रियालाई सदैव सम्मान गर्छु।”
सभापति लामिछानेले थपे कि आफूहरू कानूनी राज्य स्थापित गर्ने अभियानमा लागेकोले कानूनी प्रक्रियालाई इमानदारीपूर्वक पालन गर्ने प्रतिबद्धता राखेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्