काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले अवको पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै सभापति थापाले अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको समेत बताएका हुन् ।
‘अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको छ । नेपालमै २ लाख भन्दा बढिलाई प्रयक्ष्य रोजगार दिन सकिने सकिन्छ,’ उनले भनेका छन् ।
उनले नेपालमै दुई लाख भन्दा बढिलाई प्रयक्ष रोजगार दिन सकिने बताए । कम्तीमा तीनदेखि पाँचवटा आईटी कम्पनी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने अवस्था पाँच वर्षभित्र अहिलेको हाम्रो आधार भएकाले प्रयोग गर्यो भने सुधार हुने उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्