Skip to content

मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे टिकटकर रतन कार्की

कालोपाटी

४ मिनेट अगाडि

काठमाडौँ । टिकटकर रतन कार्कीलाई मौन अवधिमा पोष्ट गरेको भिडियो हटाउन लगाएर प्रहीले घर पठाएको छ ।
मौन अवधिको समयमा भ्यूज बटुल्न चितवनका विभिन्न उम्मेदवारका भिडियो पोष्ट गरेका कार्कीलाई चितवन प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
चितवन प्रहरीका सूचना अधिकारी रविन्द्र खनालका अनुसार मौन अवधिमा पोष्ट गरेको सबै भिडियो तथा अन्य राजनीतिक प्रचार सामग्री समाजिक सञ्जालबाट हटाउन लगाएर कार्कीलाई घर पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार