Skip to content

निर्वाचन आयुक्त सगुन शमशेर जबराले गरे मतदान

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन शमशेर जबराले मतदान गर्नुभएको छ ।
बिहीवार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभुत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मतदानमा सहभागि हुन सबै मतदातामा अपिल गर्नुभयो । उहाँले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै भयरहित ढंगले निर्वाचन प्रक्रियामा सहभागि हुन अपिल गर्नुभयो ।

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार