काठमाडौँ । चितवनको निर्वाचन क्षेत्र नम्बर -३, माडी नगरपालिकामा रहेको माडी माध्यमिक विद्यालयका एक कर्मचारीले मतदातासँग घण्टीमा भोट मागेपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
इलाका प्रशासन कार्यालय माडीका कार्यालय सहयोगी बुद्धि सागर पौडलले मतदातालाई प्रभावित पार्नेगरि घण्टीमा भोट हाल्न लगाएपछि केहीबेर मतदान स्थल वरपर हल्ला समेत भएको थियो ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पूरीले पौडेललाई मतदान स्थलबाट बाहिर निकालिएको पुष्टि गरे । उनी निर्वाचन कर्मचारीको रुपमा माडी माध्यमिक विद्यालयको बुथ नम्बर ख मा खटिएका थिए ।
मतदाता प्रभावित पार्ने प्रयास गरेका उनलाई मतदान परिसरबाट निकालेपछि निरन्तर मतदान चलिरहेको छ । कर्मचारीले मतदाता प्रभावित पार्ने प्रयास गरेको जानकारी पाएपछि राजनीतिक दलका प्रतिनिधिले उनलाई निकाल्न माग गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्