Skip to content

मकवानपुर-२मा प्रशान्त उप्रेती विजयी, एमालेका महेश बर्तौला पराजित

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित हुनुभएको छ ।

निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त ल्याउँदा बर्तौलाले १९ हजार ६२४ मत ल्याउनुभयो । नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो हुनुभयो । यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो ।

उप्रेतीको जीतसँगै मकवानपुर–२मा झन्डै ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ । २०४६ पछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा कम्युनिस्ट दलका उम्मेदवार विजयी हुँदै आएका थिए । पछिल्लो २०७९ सालमा भएको चुनावमा पनि एमालेका बर्तौला विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार