काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीमा शुभकामना व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शाहले समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु ।’
उनले भनेका छन्,‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।, यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।।”, नारी जननी, अभिभावक अनि साथी ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्