काठमाण्डौ ।शुक्रबार र शनिबार धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो बेलुकीदेखि नै धेरै ठाउँमा बदली र वर्षा शुरु भएको हो । महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी र हिमाली भू–भागका केही ठाउँ तथा तराई भू–भागका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै भोलि कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँ तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो बेलामा हुरीबतास र असिनापानी तथा चट्याङबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्