काठमाण्डौ । आज सुनचाँदीको भाउ यथावत् रहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको भाउ शुक्रबार जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेको हो ।
बिहीबार पनि सुनको भाउ तोलाको २ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी आज तोलाको ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार पनि चाँदीको भाउ तोलाको ४ हजार ८३० रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्