Skip to content

नवनिर्वाचित सभामुख अर्यालद्वारा शपथ ग्रहण

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार शीतल निवासमा आयोजित एक विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकाय प्रधानन्यायाधीश सपना मल्ल प्रधान, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरु लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल यसअघि बसेको प्रतिनिधि सभा बैठकबाट सो पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार