Skip to content

कांग्रेस सभापति थापा र नेता खड्काबिच पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी गरेका छन् ।

खड्का निवास गोल्फुटारमा बिहान ११ बजेदेखि मध्यान्ह साढे १२ बजेसम्म तीन नेताबिच कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए ।

‘तीन नेताबिच भेट भयो । पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको छ,’ बीसीले रातोपाटीसँग भने ।

विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रो पटक हो । यसअघि सभापति थापाले वैशाख ६ गते पनि खड्कालाई उनकै निवासमा पुगेर भेटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार