Skip to content

रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक संगठनात्मक प्रक्रिया सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार सूचना जारी गर्दै महाधिवेशनमा विभिन्न पदका आकांक्षीका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र अन्य कानुनी कागजातबारे जानकारी गराएको हो ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार पार्टीको सर्वोच्च पद अर्थात् केन्द्रीय सभापतिका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ । सभापति पदका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा रहनुपर्ने व्यवस्था गरिएको छ ।

पार्टीको केन्द्रीय पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने छन् ।

यस्तै, केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ तोकिएको छ । पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार