काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । मण्डलको आज बिहान २:४० बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । यस कठिन घडीमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै थापाले मृतकका सन्तानको भविष्यका लागि महत्त्वपूर्ण घोषणा समेत गरेका छन् ।
थापाले लेखेका छन्, ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु ।’
अपूरणीय क्षतिको यस पीडादायी समयमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै थापाले सामाजिक सञ्जालमार्फत आफ्नो सहानुभूति प्रकट गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्