निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को कार्यकारी निर्देशक पदका लागि ६ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक भएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले मूल्याङ्कनपछि संक्षिप्त सूची सार्वजनिक गरेको हो ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूले साउन ३ गते बिहान १० बजे कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ ।
काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को कार्यकारी निर्देशक पदका लागि ६ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक भएको छ ।
भूमि व्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले कार्यकारी निर्देशक छनोट, काम, कर्तव्य, अधिकार, सेवा तथा सुविधा सम्बन्धी विनियमावली, २०७७ बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि संक्षिप्त सूची सार्वजनिक गरेको हो ।
तसर्ट लिस्टमा धर्मराज गोसाईँ, प्रा।डा।मोहनचन्द्र रेग्मी,डा।अजयकुमार झा,डा।सुरेश श्रेष्ठ,प्रा।डा।अनुजजङ्ग रायमाझी र प्रा।डा।जिवेन्द्र परियार रहेका छन् ।
सिफारिस समितिले संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ । उम्मेदवारले शैक्षिक योग्यताका प्रमाणपत्रको सक्कल र प्रतिलिपिसहित व्यावसायिक कार्ययोजनाको हार्ड कपी र सफ्ट कपी लिएर तोकिएको समयभन्दा ३० मिनेटअघि उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ३ गते बिहान १० बजे तोकिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्