काठमाडौं । अभिनेता विजय बराल डेढ महिनापछि सिनेमा छायांकनमा फर्किएका छन् । गत जेठमा सिनेमा ‘सिन्दुरे जात्रा’को छायांकनको क्रममा घोडाबाट लड्दा उनको दाहिने हात भाँचिएको थियो । यसपछि सिनेमाको पूर्ण रूपमा छायांकन रोकियो । अघिल्लो साता विजयले हातको ब्यान्डेज हटाएपछि सिनेमाको छायांकन पुनः सुरु गरिएको हो ।
विजय निको भएसँगै दुई साताअघिदेखि बाँकी छायांकन थालिएको निर्देशक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार यतिबेला पर्वत जिल्लाको कुश्मा नगरपालिका-१४ स्थित आर्थर डाँडाखर्क गाउँमा सिनेमाको छायांकन भइरहेको छ । छायांकन रोकिएको समयमा सिनेमालाई थप कसरी राम्रोसँग खिच्नेबारे व्यापक छलफल र पूर्वतयारी गरिएको उनले बताए ।
‘सिन्दुरे जात्रा’मा विजयको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘पूर्णबहादुरको सारङ्गी’मा जोडी भएर काम गरेका थिए । सिनेमाले एउटी महिलाको मौन पीडा र संघर्ष उजागर गर्ने जनाइएको छ ।
सिनेमामा विजय र अञ्जनासहित उषा खड्गी, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपानेलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
आगामी मंसिर ४ गते प्रदर्शन हुन लागेको सिनेमाका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह(निर्मातामा छन् । बाबु श्रेष्ठले सिनेमाको छायांकन गरिरहेका छन् । यसमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्