प्रत्येक वर्ष श्रावण १५ आउँछ। नेपालका घरघरमा खीर पाक्छ। परिवार एउटै भान्सामा भेला हुन्छ। शुभकामना आदानप्रदान हुन्छ। बालबालिकाको अनुहारमा उत्साह झल्किन्छ। तर कहिल्यै आफैँलाई सोध्नुभएको छ कि के श्रावण १५ गतेको दिनमा मात्र खीर खाने हो तरुू वा, यस दिनमा हाम्रो हजारौँ वर्षदेखि जोगाइराखेको कुनै गहिरो परम्परा वा कुनै स्मृति पो लुकेको छ कि
आज हामी यही प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ। मानव सभ्यताको इतिहासले एउटा रोचक सत्य सिकाउँछ। सबै सभ्यताले आफ्ना स्मृतिहरू पुस्तकमा मात्र सुरक्षित राखेनन्। कतिपयले गीतमा राखे, कतिपयले पर्वमा, र कतिपयले दैनिक जीवनका स-साना संस्कारमा। सनातन सभ्यताको विशेषता पनि यही हो। यहाँ वेदका मन्त्र मात्र होइन, लोकजीवनका संस्कारहरूले पनि वेदको भावलाई जस्ताको तस्तै पुस्तौँसम्म जीवित राखेका छन्।
प्रत्येक वर्ष श्रावण १५ गते नेपाली समाजमा खीर खाने दिनुु वा खीर दिवसुु मनाइन्छ। यो परम्परा स्वादका लागि मात्र होइनस स्वास्थ्य, कृषि संस्कृति र सामाजिक मूल्यसँग पनि गहिरो रूपमा जोडिएको छ। असारभरि निरन्तर पर्ने वर्षा, धान रोपाइँ र अन्य कृषि कार्यले किसान तथा श्रमिक वर्गलाई शारीरिक रूपमा निकै थकित बनाउँछ। यही समयमा दूध, चामल, घ्यू, चिनी र सुक्खा मेवाबाट बनेको पौष्टिक खीरले शरीरलाई आवश्यक ऊर्जा, बल र पोषण प्रदान गर्छ भन्ने लोकविश्वास रहिआएको छ। साउने झरिको चिसो मौसममा यसले शरीरलाई आवश्यक ऊष्मा र रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने जनविश्वास पनि छ।
यसरी हेर्दा श्रावण १५ को खीर दिवस नेपाली मौलिक संस्कृति, कृषि परम्परा र स्वास्थ्य चेतनाको सुन्दर संगम हो। तर कुनै पनि परम्परालाई बुझ्नुभन्दा पहिले एउटा प्रश्न आवश्यक हुन्छ यसको बाहिरी रूपभन्दा भित्रको आत्मा के होरुू आज श्रावण १५ लाई पनि यही दृष्टिले हेर्नुपर्छ। कतिपय मानिस भन्छन्, यो त शास्त्रमा लेखिएको छैन, त्यसैले यसको कुनै महत्त्व छैन।अर्काथरी कुनै प्रमाणबिनै यसलाई प्रत्यक्ष वैदिक विधि भनेर प्रचार गर्छन्। तर सनातन परम्पराको शक्ति अतिवादमा होइन, सन्तुलनमा छ। लोकजीवनले यदि शास्त्रको मूल्य र चेतनालाई संरक्षण गरेको छ भने त्यस्तो परम्परा सम्मानयोग्य हुन्छ।
त्यसैले श्रावण १५ लाई मिठो परिकार खाने दिनका रूपमा बुझ्नु मात्र पर्याप्त हुँदैन। यसको केन्द्रमा अन्नप्रतिको श्रद्धा, प्रकृतिप्रतिको कृतज्ञता र जीवनप्रतिको विनम्रता छ। हामीले हामीलाई सोध्नुपर्छ कि ऋषिहरूले अन्नलाई किन यति ठूलो स्थान दिए तरुू उपनिषद्को अत्यन्त गहिरो वाक्य छ अन्नं ब्रह्मेति।अर्थात् अन्न नै ब्रह्म हो। यसको अर्थ अन्नलाई केवल खाने वस्तुका रूपमा होइन, सम्पूर्ण जीवनलाई धान्ने पवित्र वरदानका रूपमा हेर्नु हो। हाम्रो थालमा आएको एउटा चामलको दाना आफैँ जन्मिएको होइन। त्यसमा सूर्यको ताप छ, बादलको वर्षा छ, पृथ्वीको धैर्यता छ, नदीको प्रवाह छ र किसानको पसिना छ। यसैले अन्नको सम्मान गर्नु भनेको सम्पूर्ण सृष्टिप्रतिको सम्मान गर्नु हो।
उपनिषद्ले अर्को सन्देश पनि दिन्छ अन्नं न निन्द्यात्। अर्थात् अन्नको कहिल्यै अपमान नगर। आज हामी व्रतलाई प्रायः खाना नखानुसँग जोड्छौँ। तर ऋषिहरूले अन्नको सम्मान गर्नुलाई पनि आध्यात्मिक अनुशासनकै स्तरमा राखे। किनकि कृतज्ञताबिना आध्यात्मिकता सम्भव हुँदैन। नेपालमा श्रावण १५ को खीर खाने परम्परालाई पनि यही दृष्टिले बुझ्न सकिन्छ। यो कुनै अनिवार्य धार्मिक विधि होइन। तर यसले जोगाइराखेको संस्कार अत्यन्त मूल्यवान् छ। यसले हामीलाई अन्नको सम्मान गर्न, प्रकृतिप्रति कृतज्ञ बन्न र किसानको श्रमको मूल्य बुझ्न सिकाउँछ।भगवद्गीताले पनि यही सत्यलाई सरल शब्दमा व्यक्त गरेको छ अन्नाद् भवन्ति भूतानि। अर्थात् सम्पूर्ण प्राणी अन्नबाटै जीवन प्राप्त गर्छन्। अन्नबिना जीवन सम्भव छैन। यही कारण हाम्रो संस्कृतिले अन्नलाई वस्तु होइन, प्रसादका रूपमा हेर्न सिकायो।
आज सुविधा बढेका छन्, तर कृतज्ञता घट्दै गएको छ। हामी अन्नको पूजा त गर्छौँ, तर कहिलेकाहीँ अन्न खेर पनि फाल्छौँ। समृद्धिको कामना त गर्छौँ, तर किसानको पसिनाको मूल्य बिर्सिन्छौँ। यहीँबाट परम्पराको आत्मा कमजोर हुन थाल्छ।
श्रावण १५ को सबैभन्दा ठूलो सन्देश खीरको मिठास होइन, जीवनको मिठास हो। त्यो मिठास, जुन कृतज्ञताबाट जन्मिन्छ। त्यो मिठास, जुन साझेदारीबाट बढ्छ। त्यो मिठास, जुन अन्नलाई प्रसादका रूपमा ग्रहण गर्दा अनुभव हुन्छ। र त्यो अनुभव, जुन वर्षायाममा धान रोपेर थाकेको शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने लोकबुद्धिसँग जोडिएको छ।
अन्त्यमा उपनिषद्को अर्को प्रेरणादायी सन्देश सम्झौँ अन्नं बहु कुर्वीत। अर्थात् अन्नको उत्पादन गर, संरक्षण गर र यसको समुचित सदुपयोग गर। यही तिम्रो कर्तव्य हो।आज जलवायु परिवर्तन, खाद्य असुरक्षा र अन्नको बढ्दो अपव्ययका बीच यो सन्देश झन् सान्दर्भिक बनेको छ।त्यसैले श्रावण १५ पात्रोको एउटा मिति मात्र होइन। यो प्रत्येक वर्ष हाम्रो सभ्यताले हामीलाई सोध्ने एउटा मौन प्रश्न हो कि ghirके हामीले अन्नलाई अझै पनि ब्रह्मस्वरूप मानेका छौँ, कि केवल उपभोगको वस्तुरुू सायद यही प्रश्नको उत्तरभित्र हाम्रो संस्कृति, हाम्रो लोकजीवन र हाम्रो भविष्य सुरक्षित छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्