Skip to content

शेयर बजारसँगै बढ्यो कारोबार रकम

कालोपाटी

९ मिनेट अगाडि

काठमाण्डौ । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९३ अङ्कले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको छ ।

आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा जीवन बीमा समूह १ प्रतिशभन्दा धेरैले उकालो लागेको छ ।

आज १७७ वटा कम्पनीको शेयर बढेकोमा ८५ वटाको घटेको छ । यस्तै १६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज धौलागिरि लघुवित्तको शेयर झन्डै साढे १२ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल र सानिमा लार्ज क्याप फन्डको शेयर झन्डै ३ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३३९ वटा कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर ५ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार