काठमाडौँ । जेनजी आन्दोलनको क्रममा भरतपुर कारागारबाट २०८२ भदौ २५ गते भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई पक्रउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई साउन १७ गते घरबाट नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय भण्डाराबाट गएका प्रहरीको टोलीले पक्राउ गरेका लामा एक सिङ्गे गैँडा मारी वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएका सजाय भुक्तान गरिरहेका कैदी हुन्।
प्रहरीले उनको साथबाट १ थान भरुवा बन्दुकसहित अन्य सामग्री बरामद गरेको जनाएको छ। पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र भुषण यादवले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्