Skip to content

मोदीको भिडियो हटाइएपछि हंगामा, मेटाका उच्च अधिकारीले गरे भारत सरकारसँग भेट

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । मेटाका प्रमुख विश्वव्यापी मामिला अधिकारी जोएल काप्लानको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले भारत सरकारका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनसँग भेटवार्ता गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट हटाइएको घटनापछि बुधबार नयाँदिल्लीमा भेटवार्ता भएको हो।

भारतीय समाचार संस्था एएनआईका अनुसार करिब ४५ मिनेट चलेको बैठकमा मेटाका अधिकारीहरूले प्रधानमन्त्री मोदीको भिडियो गल्तीवश हटाइएको कारणबारे जानकारी दिएका थिए।

मेटाका अधिकारीहरूले बुधबार नै भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवसँग पनि भेट गर्ने सम्भावना रहेको बताइएको छ।

यसैबीच, भारतीय संसदको सञ्चार तथा सूचना प्रविधिसम्बन्धी स्थायी समितिले मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मार्क जुकरबर्गसँग प्रधानमन्त्री मोदीको भिडियो हटाइएको घटनाबारे निर्विवाद (बिनासर्त) माफी माग्न आग्रह गरेको छ।

समितिले यस्ता घटना दोहोरिए भारतमा मेटाले पाउँदै आएको कानुनी संरक्षणसमेत प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार