Skip to content

३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कालोपाटी

३२ मिनेट अगाडि

काठमाणडौ । आज ३० जिल्लामा बाढीको जोखिम रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढीको जोखिम रहेको छ ।

यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा बाढीको जोखिम छ । महाशाखाले नदी किनार, खोल्साखोल्सी तथा होचा भू(भागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको तीन दिन धेरैजसो नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान छ । विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी प्रणालीमा जलसतह बढ्ने अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार