Skip to content

बोडेको ऐतिहासिक पोखरीमा कमलको फूल (सात तस्विर)

कालोपाटी

१५ घण्टा अगाडि

काठमाडौँ ।  भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू)मा यतिबेला कमल फूल फुलेको छ ।

विगतमा अतिक्रमण र फोहोरका कारण अस्तित्व संकटमा परेको ३ सय वर्ष पुरानो मानिने यो पोखरीलाई स्थानीय सरकार र समुदायको अग्रसरतामा संरक्षण गरिएको छ ।

पोखरीको संरक्षण गरिएपछि यस वर्ष रैथाने रैपरका रूपमा चिनिने कमलका फूल ढकमक्क फुलेका छन् ।

यहाँ फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँको फूल चढाएर जात्रा चलाउने परम्परा छ ।
करिब ४ दशकअघि यो पोखरीको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको थियो । अदालतले ४ वर्षअघि यो सार्वजनिक सम्पत्ति भएको फैसला गरेपछि सरकारको स्वामित्वमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार