काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन २९–३१ सम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने भएको छ । संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागिएको सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् ।
धितालका अनुसार ललितपुर गोदावरीस्थित फेरस्टमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यसअघि दुई पटक दिएको प्रशिक्षण अपुग भएकाले पार्टीले तेस्रो पटक कार्यक्रम राखिएको उनको भनाइ छ । पार्टीको नीतिलाई केन्द्रमा राखेर सांसदहरूको सुझाव अनुसार प्रशिक्षणको कार्यतालिका तय हुने धितालले बताइन् ।
‘सिक्ने प्रक्रिया जीवनभर रहिरहनसक्छ । यसपटक सांसदहरूकै सुझाव र आवश्यकता अनुसार प्रशिक्षण कार्यक्रम राखिएको हो । हामीले पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्नेगरी प्रशिक्षण दिन्छौँ’, उनले भनिन् ।
यसअघि २०८२ साल चैत ३ र ४ गते ललितपुरको होटेल टुलिप र वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा प्रशिक्षण कार्यक्रम राखिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्