काठमाडौं । लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।
सुनसरी, इनरूवा नगरपालिका—३ देवकोटा स्कुल छेउबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका—२० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.२५ प ९४७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका—३ स्थित वर्कसपबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६५ ट्याब्लेट र स्पास्मो ३३ ट्याब्लेट सहित पर्सा ठोरी गाउँपालिका—१ बस्ने २३ वर्षीय करण कुँवर समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका—१० सृष्टी मार्गबाट लागूऔषध ब्राउनसुगर करिब २२ ग्राम ४ सय मिलिग्राम सहित गोरखा गण्डकी गाउँपालिका—७ घर भएका ३३ वर्षीय नरेश गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की पोखरा महानगरपालिका—८ न्यूरोड बस्ने बारा निजगढ नगरपालिका—५ घर भएका ४३ वर्षीय राम प्रसाद आचार्यलाई् लागूऔषध ब्राउनसुगर ६ ग्राम र नगद १ लाख ५५ हजार रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्