काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ‘ट्रुथ सोसल’मार्फत सरकारी नीतिसम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ ।
समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा ‘फ्रिडम अफ द प्रेस फाउन्डेसन’ र समाचार संस्था ‘द इन्टरसेप्ट’ले ट्रम्पविरुद्ध मुद्दा दायर गरेका हुन् ।
उनीहरुले ट्रम्पको स्वामित्वसँग जोडिएको ट्रम्प मिडिया एन्ड टेक्नोलोजीले सञ्चालन गर्ने ‘ट्रुथ एपीआई’ सेवामार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र सञ्चारमाध्यमले हेर्नुअघि नै उपलब्ध गराउनु असंवैधानिक भएको दाबी गरेका छन् ।
अमेरिकी नीति, युद्ध, भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान समयमा पहुँच हुनुपर्ने उनीहरुको भनाइ छ । यो सेवाको शुल्क प्रतिमहिना १ लाख अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ ।
‘फ्रिडम अफ द प्रेस फाउन्डेसन’का एड्भोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफैं सिर्जना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ ।
तर ट्रम्प मिडियाले आरोप अस्वीकार गरेको छ । कम्पनीले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दाबी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भएको जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्