काठमाडौँ । संघीय सरकार मातहतका निकायमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५-१५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्।
महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको हो।
अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागिएको कार्यालयले जनाएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूलाई हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ।
यसका लागि कार्यालयले आफ्नो प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिएको छ।
हरेक १५ दिन पुगेपछि सो अवधिको तलब र भत्ता भुक्तानी हुनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ।
१५र१५ दिनमा तलबभत्ता दिँदा सरकारी कर्मचारीहरूले महिनाको अन्त्यसम्म पर्खिनुपर्ने बाध्यता हट्ने र उनीहरूको दैनिक नगद प्रवाहमा सहजता आउने अपेक्षा सहित अर्थ मन्त्रालयले बैशाखदेखि यो व्यवस्था गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्