Skip to content

‘राइडरको उचित आम्दानी सुनिश्चित गर्न तयार छौँ’ :पठाओ

कालोपाटी

२८ मिनेट अगाडि

काठमाडौं । राइड सेयरिङका राइडरहरूले उचित भाडादर र प्रतिकिलोमिटर आम्दानी सुनिश्चित गर्नुपर्ने माग उठाइरहेका बेला पठाओ नेपालले राइडरको उचित आम्दानीको मागप्रति आफू सकारात्मक रहेको जनाएको छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्ने बताएका छन् । उनका अनुसार राइडरको आर्थिक सुरक्षा र ग्राहकले पाउने सुरक्षित तथा भरपर्दो सेवा एकअर्कासँग जोडिएका विषय हुन् ।

राइडरहरूले न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडा कायम गर्नुपर्ने माग गरिरहेका छन् । पठाओले आफ्नो हालको भाडा संरचना ठ्याक्कै २५ रुपैयाँ प्रतिकिलोमिटरको दरमा आधारित नभए पनि विभिन्न दूरीका सामान्य राइडको औसत प्रभावकारी भाडा करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्ने जनाएको छ ।

पठाओका अनुसार उसको भाडा संरचनामा बेस फेयर, प्रतिकिलोमिटर भाडा र प्रतिमिनेट भाडा समावेश छन् । इन्धनको मूल्य, महँगी, मर्मतसम्भार तथा अन्य सञ्चालन खर्चलाई आधार बनाएर आवश्यकताअनुसार भाडा समायोजन गरिँदै आएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार