काठमाडौं। चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-७ घर भइ काठमाडौं नयाँ बसपार्क बस्दै आएका ३९ वर्षीय सरोज खनाल छन् । उनलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
नक्सालबाट भक्तपुर दरवार स्क्वाएर सम्म जाने क्रममा यात्रुले ल्यापटपको झोला स्कुटिमै बिर्सेपछि चालक खनाल सम्पर्कविहिन भएका थिए ।
खोजतलासका लागि ट्राफिकलाई जानकारी गराइएको थियो । त्यसपछि ट्राफिकले नयाँ बसपार्कको एक होटलमा बस्दै आएका उनलाई पक्राउ गरेको हो ।
सोधपुछ को क्रममा निजले तेस्रो व्यक्तीको राइड सेयरिङ आइ डि प्रयोग गरेर राइड सेयरिङ को काम गरेको खुलेको प्रहरीले बताएको छ ।
केही समयअघि उनले वा प्र ००-०० प ०० नम्बरको स्कुटी गोंगबुबाट चोरी गरेको पनि खुलेको थियो ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीले खोजतलास गरी हराएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा एउटा मोटरसाइकलको डिकी भित्र सरोज खनालको नागरिकता पनि फेला परेको थियो।
यससबाट उनी मोटरसाइकल चोरी कार्यमा लामोसमयदेखि संलग्न हुँदै आएको र अन्य मोटरसाइकल पनि चोरी गरेको हुन सक्ने भन्दै थप अनुसन्धान अघि बढाइएको छ ।
फेला परेको ल्यापटप सम्बन्धित व्यक्तिलाई ट्राफिक प्रहरीले बुझाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्