Skip to content

पाँच जिल्लाका नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन गृहमन्त्रीको अनुरोध

कालोपाटी

५७ मिनेट अगाडि

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भोटेकोशी नदीमा आएको बाढीको असर पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेंसी सडक, मुग्लिङ-नारायणगढ सडकमा पूर्ण रूपमा आवतजावत रोक लगाउन अनुरोध गरेका छन् ।

मन्त्री गुरूङले आपत्कालीन सार्वजनिक सूचना जारी गरेका छन् । उनले केही परेमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउनु अनुरोध गरेका छन् ।

उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा सम्पर्क गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार