Skip to content

‘विपद् व्यवस्थापनमा सरकारलाई कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ’ : गगन थापा

कालोपाटी

५० मिनेट अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन्।

विपद्को अवस्थामा भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।

सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार राहतमा केन्द्रित रहन आग्रह गरेका छन् । विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग जनाएका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सबै सदस्य साथीहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार