Skip to content

संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

कालोपाटी

४३ मिनेट अगाडि

काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित हुने भएको हो ।

तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ । प्रधानमन्त्री शाह विपद्पछिको खोज, उद्धार र राहतको विषयमा विभिन्न संयन्त्रको छलफलमा छन् ।

विपद्को समयमा यो भन्दा अन्य विषयमा छलफल नगर्ने गरी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लागिएको हो । तर, विपद्को विषयमा भने संसद्मा छलफल हुनेछ ।

आकस्मिक समय राख्ने र गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गरी बैठक राख्न लागिएको छ ।

यसबाहकेका सम्भावित विषय सम्भावित कार्यसूचीबाटै हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार